काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने - Chaitanya News
  • 2026-06-22
  • 21:34:43
  • सोमबार,आषाढ ०८, २०८३
  • काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

    काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

    काठमाडौं –  काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ ।

    महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको अव्यवस्थित तारको जालोलाई व्यवस्थित पार्ने अभियानकाे सुरु गरेकाे छ । अव्यवस्थित तारले शहरको सुन्दरतामा ह्रास आएकाे र दुर्घटनाको जोखिम समेत बढेपछि व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे महानगरले जनाएको छ ।

    पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर र असन क्षेत्रको तार व्यवस्थापनको काम हुने भएकाे छ । यसअघि दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई महानगरले १५ दिने म्याद दिंदै अव्यवस्थित तार हटाउन भनेको थियो ।

    तार व्यवस्थित पार्ने काम चलिरहेका बेला केही ठाउँमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ ।