१८ एसपी एसएसपीमा बढुवा - Chaitanya News
  • 2026-06-22
  • 21:32:33
  • सोमबार,आषाढ ०८, २०८३
  • काठमाडौं- गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरिएको छ।

    एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा छन्।

    यस्तै बढुवा हुने अन्य एसपीमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन्।