राष्ट्रपतिले के गर्लान् नागरिकता विधेयक? - Chaitanya News
  • 2026-06-22
  • 19:32:33
  • सोमबार,आषाढ ०८, २०८३
  • राष्ट्रपतिले के गर्लान् नागरिकता विधेयक?

    राष्ट्रपतिले के गर्लान् नागरिकता विधेयक?

    काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएका छन् । उनले दिउँसो नागरिकता विधेयकलाई कसरी अगाडि बढाउने भन्नेबारे व्यवसायीहरूसँग छलफल गर्ने भएका हुन् ।

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था विपरीत दुवै सदनबाट पास भएको सो विधेयकलाई ‘होल्ड’ गरेकी थिइन् । राष्ट्रपति पौडेलले तत्कालीन राष्ट्रपतिले रोकेको विधेयक प्रमाणीकरण गर्न सक्ने बताइन्छ । शनिबार प्रधानमन्त्री र कानुन व्यवसायीहरुबीच यही विषयमै छलफल पनि भएको थियो ।

    विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको ६ महिनाभित्र टुङ्गो लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।