विराटनगरबाट ५४ तोला सुनसहित दुई जना पक्राउ - Chaitanya News
  • 2026-06-22
  • 17:27:58
  • सोमबार,आषाढ ०८, २०८३
  • विराटनगरबाट ५४ तोला सुनसहित दुई जना पक्राउ

    विराटनगरबाट ५४ तोला सुनसहित दुई जना पक्राउ

    विराटनगर- विराटनगरमा ५४ तोला सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले दुई जनालाई सुनसहित पक्राउ गरेको डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

    शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका-१५स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्रहरीले चेक गरेको थियो। उक्त गाडीमा अवैध सुन र चाँदी भन्सार छलेर भारततर्फ लैजान लागेको भन्ने खबर प्रहरीले पाएको थियो।

    गोप्य सूचनापछि खटिएको टोलीले गाडीलाई रोकेर चेक गर्दा सुन, चाँदी र नगद फेला पारेको हो।

    भारत विहार कटिहार-१७ दुर्गापुर बाराबजार बस्ने ६१ वर्षीय बिनोदकुमार मुरार र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारलाई प्रहरीले पक्राउ गरेको हो।

    उक्त गाडी पछाडि अन्दाजी ५४ तोला सुनका गरगहना र अन्दाजी साढे ६ किलो बराबरका चाँदीका भाडा बरामद गरेको हो।

    यस्तै उनीहरूबाट ७ लाख बढी भारू पनि बरामद भएको छ।

    थप अनुसन्धानको लागि उनीहरूलाई ईलाका प्रहरी कार्यालय रानी मोरङमा पठाएको छ।