इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु - Chaitanya News
  • 2026-06-22
  • 17:27:04
  • सोमबार,आषाढ ०८, २०८३
  • इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    इलाम – इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो ।

    स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारै जनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिए । उनका अनुसार सूर्याेदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरूलाई पुरेको थियो ।

    मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेको बताइएको छ । रासस