अनुचित लेनदेन गरे ७ वर्ष कैद र ७० हजार जरिवाना - Chaitanya News
  • 2026-11-14
  • 23:13:40
  • शनिबार,कार्तिक २९, २०८३
  • अनुचित लेनदेन गरे ७ वर्ष कैद र ७० हजार जरिवाना

    अनुचित लेनदेन गरे ७ वर्ष कैद र ७० हजार जरिवाना

    काठमाडौं- मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधनसहित हालै जारी अध्यादेशमा तोकिएभन्दा बढी व्याज लिएको पाइए ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ।

    मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ‘क’ मा सजायको व्यवस्था गरिएको छ। अध्यादेश राजपत्रमार्फत सार्वजनिक भएको छ। अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले त्यस्तो लेनदेनको आधारमा ऋणीबाट रकम वा चलअचल सम्पत्ति केही लिएको रहेछ भने सम्बन्धित ऋणीलाई त्यस्तो रकम वा चल सम्पत्ति बराबरको रकम कसुरदारबाट भराइदिनुपर्नेछ।

    मिटरव्याजीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले हालै अध्यादेश जारी गरेको हो।