एसपी तिम्सिनाको राजीनामा स्वीकृत - Chaitanya News
  • 2026-06-22
  • 15:21:00
  • सोमबार,आषाढ ०८, २०८३
  • एसपी तिम्सिनाको राजीनामा स्वीकृत

    एसपी तिम्सिनाको राजीनामा स्वीकृत

    काठमाडौं- नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ।

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस नभएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका तिम्सिनाको राजीनामा गृह मन्त्रालयले बुधबार स्वीकृत गरेको हो।

    इन्स्पेक्टर भर्नामा आफू पहिलो नम्बरमा रहेको, तर बढुवामा अन्याय भएको भन्दै तिम्सिनाले असन्तुष्टि जनाउँदै गत आइतबार राजीनामा दिएका थिए।