काठमाडौं- विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन्। उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर वलीले सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको बताए। बिहीबारदेखि कर्मचारी सङ्गठनहरूले आन्दोलन सुरु गरेका थिए।
आज सिंहदरबार भित्र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाउने भनिएको थियो।
![]()