पूर्व मन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी - Chaitanya News
  • 2026-06-22
  • 15:20:59
  • सोमबार,आषाढ ०८, २०८३
  • पूर्व मन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

    पूर्व मन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं- पूर्वमन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी सहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

    पूर्व मन्त्री रायमाझीसँगै सन्दीप रायमाझी र प्रतीक रायमाझीलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो। सन्दीप पूर् मन्त्री रायमाझीका छोरा हुन् भने प्रतीक पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा हुन्।

    उनीहरूलाई गृह मन्त्रालयको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको सूची थपेर तेस्रो मुलुकमा मानव तस्करी गर्ने गिरोहमा सामेल भएको आरोप छ। यद्यपि प्रहरीले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको औपचारिक रुपमा सार्वजनिक गरेको छैन। अनुसन्धानरत जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले अनुसन्धान नसकिएको भन्दै यसबारे केही बोल्न नसकिने प्रतिक्रिया दिए।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले सन्दीप रायमाझीको नाममा गिरोहका सदस्यले डेढ करोड रुपैयाँको चेक काटिएको प्रमाण फेला पारेको थियो।

    यहि मुद्दामा राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पौडेल पक्राउ परेपछि पूर्व गृहमन्त्री थापाको छोरालाई समेत पक्राउ पूर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ। पाण्डे गृहसचिव भएका वेला यो गिरोहलाई सहयोग पुर्‍याएको आरोप छ।