काठमाडौं- नेपालीलाई शरणार्थी बनाएर अमेरिका लगेको घटनामा मुछिएसँगै पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आज दिउँसो उनलाई पक्राउ गरेको थियो।
पाण्डेमाथि थप अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सचिव पाण्डेमाथि थप अनुसन्धानका लागि पहिलो पटक म्याद लिन खोजेको हो।
गृहसचिव हुँदा पाण्डे यो प्रकरणमा सामेल भएको आरोप छ। यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।