टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जी जारी - Chaitanya News
  • 2026-07-05
  • 23:03:21
  • आइतबार,आषाढ २१, २०८३
  • टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जी जारी

    टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं-  तत्कालीन ऊर्जामन्त्रीटोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    बुधबार काठमाडौं प्रहरीले नेकपा एमालेका सचिवसमेतत रहेका रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीका अनुसार गत जिल्ला अदालत काठमाडौंबाट सो पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो।

    नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिए पछि काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको हो।

    बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।