एसिसी कपकाे उपाधि विजेता क्रिकेट खेलाडीलाई सरकारले ६/६ लाख पुरस्कार - Chaitanya News
  • 2026-06-05
  • 22:38:20
  • शुक्रबार,जेठ २२, २०८३
  • एसिसी कपकाे उपाधि विजेता क्रिकेट खेलाडीलाई सरकारले ६/६ लाख पुरस्कार

    एसिसी कपकाे उपाधि विजेता क्रिकेट खेलाडीलाई सरकारले ६/६ लाख पुरस्कार

    काठमाडौँ –  सरकारले एसिसी प्रिमियर कपको उपाधि विजेटा नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडीलाई ६ लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । उनका अनुसार बैठकले राष्ट्रिय टिमका अफिसियलहरुलाई ३ लाखका दरले पुरस्कार दिने समेत निर्णय गरेको छ ।

    उक्त प्रतियोगिता अन्तर्गत सोमबार र मंगलबार भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो । यो जितसँग नेपालमा एसिया कप क्रिकेट खेलका लागि छनोट भएको छ ।

    मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आउँदो आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।