सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आह्वान - Chaitanya News
  • 2026-06-22
  • 13:09:13
  • सोमबार,आषाढ ०८, २०८३
  • सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आह्वान

    सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आह्वान

    काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

    बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।