रास्वपा अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्ले - Chaitanya News
  • 2026-07-20
  • 10:37:43
  • सोमबार,साउन ०४, २०८३
  • रास्वपा अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्ले

    रास्वपा अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्ले

    काठमाडौं- वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिम्मेवारी दिएको छ।

    रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो। रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन्।

    स्वर्णिम चुनावअघि कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए।