वडाध्यक्षसहित तीन जना पक्राउ, दुई सय किलो गाँजा बरामद - Chaitanya News
  • 2026-05-27
  • 00:09:13
  • मंगलबार,जेठ १२, २०८३
  • वडाध्यक्षसहित तीन जना पक्राउ, दुई सय किलो गाँजा बरामद

    वडाध्यक्षसहित तीन जना पक्राउ, दुई सय किलो गाँजा बरामद

    मकवानपुर– मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष शिवराज थिङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    वडाध्यक्ष थिङसहित तीन जनाको साथमा दुई सय दुई किलो गाँजासमेत फेला पारि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताउनुभयो। वडाअध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    आज सोमबार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको नेतृत्वमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो।

    पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएको छ।