कहिले रोकिएला काठमाडौँमा जारी वर्षा ? यसो भन्छन् मौसमविद् - Chaitanya News
  • 2026-05-27
  • 00:09:51
  • मंगलबार,जेठ १२, २०८३
  • कहिले रोकिएला काठमाडौँमा जारी वर्षा ? यसो भन्छन् मौसमविद्

    कहिले रोकिएला काठमाडौँमा जारी वर्षा ? यसो भन्छन् मौसमविद्

    काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहान ११ बजेदेखि पानी अलि ठूलो परिहेको छ।

    ‘काठमाडौँमा जारी वर्षा हल्कादेखि मध्यम भन्न सकिन्छ’, उनले भने, ‘तर यो कुरा वर्षा मापन गरिसकेपछि मात्रै भन्न सकिन्छ, मापन बेलुका मात्रै गरिन्छ।’

    उनका अनुसार १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का र यसभन्दा माथिको वर्षालाई मध्यम भनिन्छ।

    काठमाडौँमा जारी वर्षा अझै एक घण्टा रोकिने सम्भावना नदेखिएको जानकारी  उनले दिए।

    ‘यो वर्षा बीचमा रोकिन त रोकिन्छ’, उनले भने, ‘तर अहिलेसम्मको स्थिति हेर्दा अरू एक घण्टा वर्षा रोकिने सम्भावना देखिन्न।’