संरक्षणको पर्खाइमा मष्टाबण्डाली मन्दिर - Chaitanya News
  • 2026-05-27
  • 01:27:48
  • मंगलबार,जेठ १२, २०८३
  • संरक्षणको पर्खाइमा मष्टाबण्डाली मन्दिर

    संरक्षणको पर्खाइमा मष्टाबण्डाली मन्दिर

    तस्बिर सौजन्य : गौरव बडैला

    काठमाडौं- डोटीस्थित पूर्विचौकी गाउँपालिका-७ पोखरीमा रहेको मष्टाबण्डाली मन्दिर जिर्ण रहेको छ।

    उक्त मन्दिर निकै प्रख्यात धार्मिक शक्तिपिठ भए पनि संरक्षण हुन नसक्दा जिर्ण बन्न पुगेको हो। यस मन्दिरसँग निकै लामो धार्मिक किम्वदन्ती रहेको स्थानीय गौरव बडैलाले बताए।

    कम्वदन्ती अनुसार गाँजरीमा बसोबास गर्ने ब्राह्मणका पूर्खा जोगानन्द जोशी भारतको जालन्धर गएको र त्यहाँबाट तिर्थाटन गरी फर्के क्रकमा पोखरी माडु मन्दिर रहेको स्थानमा बस्दा पानी प्यास लागेको थियो। प्यास लागेपछि जोशीले तीर्थबाट ल्याएको शिला बोकेको झोला त्यही झुण्ड्याएर पानी पिउन पन्नाउला गएका थिए।

    तर, त्यहाँबाट फर्किएपछि उनको झोलामा शिला थिएन। शिलाको खोजि गर्दै जोशीले जमिन कोर्दै जाँदा शिला झनझन तल गएको किम्बदन्तिमा उल्लेख छ। त्यसपछि राति जोशीको सपनामा देउता प्रकट भएर आफूलाई त्यही ठाउँ रमणिय लागेको बताएकाले त्यस ठाउँमा मन्दिर स्थापना गरेर स्थानीयले पुजा गर्न थालेका थिए।

    यस्तो धार्मिक महिमा बोकेको शक्तिपिठ दुर्गममा हुँदा ओझेलमा परेको र यो संरक्षणकै पर्खाइमा रहेको बडैलाले बताए।