ए डिभिजन लिगमा जाउलाखेल र संकटाको बराबरी - Chaitanya News
  • 2026-06-05
  • 21:32:47
  • शुक्रबार,जेठ २२, २०८३
  • ए डिभिजन लिगमा जाउलाखेल र संकटाको बराबरी

    ए डिभिजन लिगमा जाउलाखेल र संकटाको बराबरी

    काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ।

    सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र संकटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो। खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो।

    खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। जाउलाखेलको १(० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ७३ औँ मिनेटमा संकटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

    यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ। जावलाखेल अंक तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै समान १३ खेल नै खेलको संकटा १६ अंक जोडेर अंक तालिकाको ११ औँ स्थानमा रहेको छ।