काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश तत्काल नियुक्त गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेको छ। बारले आइतबार एक हप्ते दबाबमूलक कार्यक्रम सुरु गरेको हो। यो अवधिमा प्ले कार्ड र ब्यानरसहित संवैधानिक निकायका प्रमुखलाई दबाब दिने कार्यक्रम रहेको बारले जनाएको छ।
बारले न्यायालयभित्रको विकृति, विसंगती अन्त्य गर्न, पूर्णस्वचालित पेसी व्यवस्थापन प्रणाली लागू गर्न, प्रधानन्यायाधीश नियुक्त गर्नलगायतका माग राखी आन्दोलन गरिरहेको छ।
![]()