वीर अस्पतालकी नर्स प्रेमीको कोठामा मृत अवस्थामा भेटिइन् - Chaitanya News
  • 2026-11-17
  • 00:32:28
  • सोमबार,मंसिर ०१, २०८३
  • वीर अस्पतालकी नर्स प्रेमीको कोठामा मृत अवस्थामा भेटिइन्

    वीर अस्पतालकी नर्स प्रेमीको कोठामा मृत अवस्थामा भेटिइन्

    काठमाडौँ– वीर अस्पतालमा कार्यरत नर्स बालाजुमा मृत अवस्थामा भेटिएकी छन्। २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

    प्रहरीका अनुसार सुजनको परिवारले विवाह गर्न नमानेपछि हिजो अपराह्न पौने ४ बजे ती युवतीले आत्महत्या गरेकी हुन्। अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्दै आएका छन्।

    अनुमाका परिवार चितवनको नारायणगढबाट काठमाडौँ आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले सुजनविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन्।