महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छ: महामन्त्री शर्मा - Chaitanya News
  • 2026-06-22
  • 08:44:22
  • सोमबार,आषाढ ०८, २०८३
  • महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छ: महामन्त्री शर्मा

    महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छ: महामन्त्री शर्मा

    काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन।

    शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो कुरा बताएका हुन।

    उनले गैरनाफामुलक संस्था बनाइ निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रुपमा विकास गर्ने व्यक्तिको माग सरकारले तत्काल संवादबाट समाधान गर्नुपर्ने बताए। उनले राज्यले सम्मान गर्नुपर्ने व्यक्तित्व सडकमा उभिनु सुन्दर पक्ष नरहेको जिकिर गरे।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल महावीर पुनसँग संवाद गरी माग सम्बोधन गर्न आग्रह गरे। महामन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा जोड दिने कुरा राज्य प्रणाली कस्तो बन्ने भन्नेसँग जोडिएको भन्दै कस्तो प्रकारको समाज बनाएर जाने हो त्यसमा ध्यान दिन जरुरी रहेको बताए।

    महामन्त्री शर्माले संघीय शिक्षा ऐन २०८० सालभित्रै ल्याउने गरी काम गर्न सरकारसँग आग्रहसमेत गरे।