सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते - Chaitanya News
  • 2026-06-22
  • 08:43:50
  • सोमबार,आषाढ ०८, २०८३
  • सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते

    सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते

    सिन्धुली –  बीपी राजमार्गको कमलामाई नगरपालिका–२ को पिपलभञ्ज्याङ घुम्तीमा आज (आइतबार) बिहान भएको कार दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

    काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा काभ्रे पनौती–७ का ४२ वर्षीय शिवशरण भुक्षिमय र सिन्धुलीको मरिण गाउँपालिका– ३ ठेगाना भई हाल काठमाडौं गौरीघाटकी ३८ वर्षीय सहारा प्रसाईंको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

    कारमा तीन जना सवार थिए । दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्को सवारीलाई साइड दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।