कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै - Chaitanya News
  • 2026-06-22
  • 08:43:48
  • सोमबार,आषाढ ०८, २०८३
  • कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै

    कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै

    काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज (आइतबार) अढाइ महिनापछि स्वदेश फर्किने भएका छन् । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार स्वदेश फर्किन लागेका हुन् ।

    नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बाँकी उपचार भण्डारीले नेपालमै गर्नेछन् । गएको फागुन ३ गते बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास ‘लिक’ भई आगलागी भएको थियो ।

    आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीलाई थप उपचारका लागि फागुन ४ मै मुम्बई लगिएको थियो ।