आज पनि पानी पर्ने सम्भावना - Chaitanya News
  • 2026-06-22
  • 08:43:47
  • सोमबार,आषाढ ०८, २०८३
  • काठमाडौं- हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

    लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्यारूसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्यारूसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

    राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।