देव गुरुङको चुनाव खर्च साढे २४ लाख - Chaitanya News
  • 2026-06-22
  • 06:32:54
  • सोमबार,आषाढ ०८, २०८३
  • देव गुरुङको चुनाव खर्च साढे २४ लाख

    देव गुरुङको चुनाव खर्च साढे २४ लाख

    लमजुङ – नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले चुनाव खर्च सार्वजनिक गरेका छन्।

    उनका प्रतिनिधि हरिजंग तामाङले निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ ।

    ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको भनिएको छ ।

    यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएको छ भने ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पेट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।