एसीसी प्रिमियर कपको सेमिफाइनल आज : नेपाल र कुवेत भिड्दै - Chaitanya News
  • 2026-06-05
  • 21:31:49
  • शुक्रबार,जेठ २२, २०८३
  • एसीसी प्रिमियर कपको सेमिफाइनल आज : नेपाल र कुवेत भिड्दै

    एसीसी प्रिमियर कपको सेमिफाइनल आज : नेपाल र कुवेत भिड्दै

    काठमाडौं-  राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज (शनिबार) नेपालले सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

    समूह ‘ए’ को विजेता बन्दै नेपालले समूह ‘बी’ को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो ।

    नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ । नेपाल प्रतियोगितामा एक मात्र अपराजित टोली रहेको छ । त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ ।

    ओमान समूह एको उपविजेता हो भने यूएई समूह ‘बी’ को विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिने छ ।