पुरानालाई संकट, नयाँ झाँगिदै - Chaitanya News
  • 2026-06-22
  • 06:32:40
  • सोमबार,आषाढ ०८, २०८३
  • पुरानालाई संकट, नयाँ झाँगिदै

    पुरानालाई संकट, नयाँ झाँगिदै

    काठमाडौं – पाँच महिनाको अन्तरालमा भएको प्रतिनिधि सभाको उपनिर्वाचनले पुराना भनिएका राजनीतिक दलको अवस्था थप कमजोर बनाइदिएको छ ।

    ४ मंसिर २०७९ र १० वैशाखमा सम्पन्न निर्वाचनको परिणामले छोटो समयमा नयाँ दलप्रतिको आकर्षण भने बढेको देखाएको छ ।

    ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएको तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएपछि पुराना भनिएका दलप्रति नागरिकको विश्वास घट्दो रहेको देखाएको हो ।

    सो निर्वाचन क्षेत्रबाट निर्वाचित पौडेल अहिले देशको राष्ट्रपति छन् । उनी राष्ट्रपति बनेपछि तनहुँ १ मा उपनिर्वाचन हुने अवस्था आएको थियो ।