प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समिति गठन [सूचीसहित] - Chaitanya News
  • 2026-06-22
  • 06:32:37
  • सोमबार,आषाढ ०८, २०८३
  • प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समिति गठन [सूचीसहित]

    प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समिति गठन [सूचीसहित]

    काठमाडौं- प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ। सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नाम आज शुक्रबार संसदमा प्रस्तुत गरे।

    विषयगत समितिमा रहने सदस्यहरूको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मतरूपमा अनुमोदन भएको छ । योसँगै प्रतिनिधि सभाको चुनाव भएको पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ। गएको मङ्सिर ४ गते सम्पन्न चुनावपछिको प्रतिनिधि सभाको अधिवेशन भने पुस २५ गतेदेखि सुरु भएको थियो।

    यस्ता समितिहरूले अब नियमावलीअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र समिति सभापति चयन गर्नेछन्।

    प्रतिनिधि सभा नियमावलीअनुसार प्रतिनिधि सभामा १० वटा विषयगत समिति र राष्ट्रिय सभाको समेत गरी दुई वटा संयुक्त समिति रहेका छन्। संयुक्त समितिअन्तर्गत रहेका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति भने अझै गठन भएको छैन।