अखिल क्रान्तीकारीका अध्यक्ष सिंह सवारी दुर्घटनामा परेर घाइते - Chaitanya News
  • 2026-05-02
  • 22:34:02
  • शनिबार,बैशाख १९, २०८३
  • अखिल क्रान्तीकारीका अध्यक्ष सिंह सवारी दुर्घटनामा परेर घाइते

    अखिल क्रान्तीकारीका अध्यक्ष सिंह सवारी दुर्घटनामा परेर घाइते

    काठमाडौं– अखिल क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परेर घाइते भएकी छन।

    शुक्रबार बिहान करिब साढे १० बजेतिर महादेवस्थानबाट एयरपोर्ट जाने क्रममा आफूले चलाएको स्कुटरलाई अर्को स्कुटरले ठक्कर दिएको थियो। उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दियो।

    सिंहका श्रीमान केशव शाहीले भने, “बिहान एयरपोर्ट जाने क्रममा अर्को स्कुटरले ठक्कर दियो। टाउको बज्जारिएकोले टाउको दुखिरहेको छ।” उनको स्वास्थ्य परीक्षण भइरहेको उनको भनाइ छ।