काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभार गेटमा आगलागी भएको छ। आज मध्यान्हदेखि आगलागी भएको बताइएको छ।
आगो निभाउन काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्र घटनास्थल पुगेको थियो। त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल १८ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा ३१ जनाको टोली आगलागी नियन्त्रण कार्यमा खटिएको बताइन्छ।
प्रहरी वृत्त कीर्तिपुरका प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनासहित स्थानीयको सहयोगमा आगो निभाइएको छ। क्षतिको पूर्ण विवरण आइसकेको छैन।