काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६२७ र एन्टिजेन विधिबाट १२९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
योसँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ। यति बेला ५३ जना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन।
यस्तै, सङ्क्रमितमध्ये १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ८ जना आइसियुमा छन्।