पूर्वराजा ज्ञानेन्द्र शाहलाई केपी ओलीको चेतावनी : छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर - Chaitanya News
  • 2026-06-22
  • 06:32:41
  • सोमबार,आषाढ ०८, २०८३
  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई केपी ओलीको चेतावनी : छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई केपी ओलीको चेतावनी : छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर

    इलाम– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन्। झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनको दाबी छ।

    इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन्। अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे।’

    जबकी यो हिमानी शाहको नाममा खोलिएको फेक एकाउन्ट थियो। तर ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताए।

    ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ओलीले भने, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर।’

    एमालेले कारबाही गरेका दुर्गा प्रसाईंतर्फ संकेत गर्दै ओलीले ट्याउट्याउ गर्दै कुद्ने एकदुई जना मान्छे भेटाएको भरमा पखेटा पलाउनु ठीक नहुने चेतावनी दिए।