काठमाडौं- सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको शंखमुलस्थित चैतन्य एकेडेमीले धनगढीमा आफ्नो शाखा विस्तार गरेको ६ महिना भयो। तर, छोटो समयमा नै धनगढी-५ शिवनगरस्थित एकेडेमीले विद्यार्थीहरूको मन जित्दै गएको छ।
काठमाडौंमा गुणस्तरीय तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले धनगढीमा नै सोही स्तरका कक्षा दिन थालेपछि स्थानीय विद्यार्थी खुसी भएका छन्। कैलालीको भजनी निवासी शुष्मा मिश्रले धनगढीमा नै विज्ञ प्रशिक्षकबाट गुणस्तरीय लोकसेवाका कलास लिन पाउँदा खुसी लागेको बताइन्।
‘हामीलाई काठमाडौं गएर अध्ययन गर्न निकै खर्चिलो हुन्थ्यो। तर, आफ्नै जिल्लामा गुणस्तरीय कक्षा लिन पाउँदा खुसी लागेको छ। ६ महिनामा नै एकेडेमीले विद्यार्थीहरूको मन जितिरहेको छ,’ उनले भनिन्। एकेडेमीले दिने भिडव्याक, नोटलगायत सामग्री पनि निकै प्रभावकारी हुने गरेको उनले बताइन्।
‘एकेडेमीले बेला-बेलामा काठमाडौंबाट विज्ञ प्रशिक्षक तथा विद्वान व्यक्तित्वहरूलाई आमन्त्रण गर्दै उत्प्रेरणात्मक कक्षाहरू पनि सञ्चालन गरिरहेको छ। यसले पनि हामीलाई सिकाइप्रति निकै प्रेरित गरिरहेको मैले पाएकी छु,’ उनले अनुभव सुनाइन्।
काठमाडौंबाटमात्र नभएर एकेडेमीले बेला-बेला धनगढीकै विज्ञ र विद्वान व्यक्तित्वहरूलाई आमन्त्रण गरेर विद्यार्थीहरूलाई प्रेरणा जाग्ने खालका गतिविधिसमेत गर्दै आएको छ।
बुधबार एकेडेमीले प्राध्यापक डा. हेमराज पन्तलाई बोलाएर लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूसँग अभिमुखि करण कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा उनले विद्यार्थीहरूलाई कसरी तयारी गर्ने र कसरी अध्ययन गर्दा सफलता हासिल गर्न सकिन्छ लगायतका विभिन्न टिप्स दिएका थिए। एकेडेमीले यसरी विद्यार्थी लक्षीत कार्यक्रम गरिरहेको थाहा पाउँदा निकै खुसी लागेको उनले बताएका थिए।
केही दिन पहिले लोकसेवाको तयारी गरिरहेकाहरूसँग लेखक महेश पौड्यालले छलफल गरेका थिए। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापकसमेत रहेका साहित्यकार पौड्यालले ‘उत्प्रेरक सेसन’मा छलफल गरेका थिए। त्यस्तै डा. चिन्तामणि योगीलगायत थुप्रै व्यक्तिले विद्यार्थीहरूलाई उत्प्रेरणा जागृत हुने खालका प्रशिक्षण दिइसकेका छन्।
एकेडेमीका निर्देशक गणेस जोशीले सुदूरपश्चिम आफ्नो क्षेत्र भएको र यस क्षेत्रमा केही सकरात्मक कर्म गर्नु आफ्नो पनि दायीत्व भएको बताए। ‘हामीले नाफामात्रै हेर्नु हुँदैन। समाजमा सकरात्मक प्रभाव पार्ने खालका गतिविधि पनि गर्नुपर्छ। हामीले धनगढीमै लोकसेवा तयारी कक्षा र संस्कार सहितको शिक्षा प्रदान गर्नका लागि चैतन्य एकेडेमी स्कुल पनि सञ्चालन गरेका छौं,’ उनले भने।
अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा थप ज्ञान बढ्नुका साथै उत्प्रेरणा पनि बढ्ने भएकाले आफूहरूले विभिन्न गतिविधि गरिरहेको उनले बताए। यसका साथै जोशीले समाजसेवाका विभिन्न क्षेत्रमा पनि सहयोग गर्दै आएका छन्।
![]()