काठमाडौं महानगरले सिल गर्‍यो बालाजुमा रहेको एक पेट्रोल पम्प - Chaitanya News
  • 2026-11-16
  • 23:58:54
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौं महानगरले सिल गर्‍यो बालाजुमा रहेको एक पेट्रोल पम्प

    काठमाडौं महानगरले सिल गर्‍यो बालाजुमा रहेको एक पेट्रोल पम्प

    काठमाडौँ– काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ।

    महानगरले बालाजुमा रहेको कोतस्धुकु आयल स्टोर बिहीबार सिल गरेको हो।

    उक्त पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।

    जोखिममा रहेका १० वटा पेट्रोल पम्पमध्ये कोत धुकुबाट काम सुरु गरिएको पाण्डेले जानकारी दिए।

    सडक किनारका साँघुरो क्षेत्रमा पेट्रोल पम्प सुरक्षाका दृष्टिले जोखिमपूर्ण भएको भन्दै महानगरले कारबाही गरेको हो।