प्रचण्ड र माधवका कार्यकर्ताले आक्रमणको प्रयास गरे : अध्यक्ष ओली - Chaitanya News
  • 2026-06-22
  • 04:22:09
  • आइतबार,आषाढ ०७, २०८३
  • प्रचण्ड र माधवका कार्यकर्ताले आक्रमणको प्रयास गरे : अध्यक्ष ओली

    प्रचण्ड र माधवका कार्यकर्ताले आक्रमणको प्रयास गरे : अध्यक्ष ओली

    काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको आक्रममा प्रचण्ड–माधवका कार्यकर्ताको संलग्नता रहेको बताएका छन्।

    एमाले इलाम जिल्ला अधिवेशनको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले आफू र प्रहरीमाथिको आक्रमणमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरुको घुसपेठ रहेको बताएका हुन्।

    हिजो झापाको भद्रपुर विमानस्थलबाट बुधबारे जानेक्रममा उनीमाथि पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका थिए। प्रहरीले आक्रमणको प्रयासमा संलग्न रहेको भन्दै मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको थियो। आक्रमणमा परी दुई प्रहरी घाईते भएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसमेत गर्नु परेको थियो।