कृष्णबहादुर बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन - Chaitanya News
  • 2026-11-16
  • 23:59:03
  • सोमबार,मंसिर ०१, २०८३
  • कृष्णबहादुर बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

    कृष्णबहादुर बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

    काठमाडौं– विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, नविनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटीपूर्ण भएको दाबीसहित बिहीबार सर्वोच्चमा पुनरावेदन गरिएको हो।

    अख्तियारले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो कायम गरी उनीहरुको चल अचल सम्पत्ती समेत जफत गर्न माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तर आरोप पुष्टि नहुने ठहर गर्दै विशेष अदालतले २०७९ साल पुस १ गते सफाइ दिने फैसला गरेको थियो।