विराटनगरमा पेट्रोल छर्किएर एक वृद्धले आफैंलाई आगो लगाए - Chaitanya News
  • 2026-06-22
  • 04:22:09
  • आइतबार,आषाढ ०७, २०८३
  • विराटनगरमा पेट्रोल छर्किएर एक वृद्धले आफैंलाई आगो लगाए

    विराटनगरमा पेट्रोल छर्किएर एक वृद्धले आफैंलाई आगो लगाए

    विराटनगर– विराटनगरमा ६५ वर्षका वृद्धले पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका छन्।

    प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका–७ का गोविन्दप्रसाद नेपालले आज (बिहीबार) बिहान साढे १० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएका हुन्।

    ग्यालेनमा पेट्रोल लिएर आएको उनले विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगेपछि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए।

    स्थानीयले आगो निभाएर वृद्धलाई नोबेल शिक्षण अस्पताल पुर्याएका थिए। अवस्था गम्भीर रहेका उनको थप उपचारका लागि विराटनगर–२ को रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको छ।

    शरीरको अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थाका उनको साथमा रहेको झोलाबाट नागरिकता फेला परेकाले त्यसैबाट उनको पहिचान भए पनि घटनाको कारण भने खुलेको छैन।