काठमााडौं–नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६३४ नमूना परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै सक्रिय संक्रमितको सख्ंया ३६१ पुगेको छ।
त्यस्तै, वितेको २४ घण्टामा कोरोना संक्रमणकै कारण थप एक जनाको ज्यान गएको छ। हाल ५ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २९ जना संस्थागत आइसोलेसनमा छन्।