मच्छिन्द्र र थ्रीस्टार बराबरीमा रोकियो - Chaitanya News
  • 2026-06-05
  • 21:40:54
  • शुक्रबार,जेठ २२, २०८३
  • मच्छिन्द्र र थ्रीस्टार बराबरीमा रोकियो

    मच्छिन्द्र र थ्रीस्टार बराबरीमा रोकियो

    काठमाडौ– साविक विजेता मच्छिन्द्र क्लब र थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीका रोकिएका छन्।

    दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्र र थ्रीस्टारले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्।

    यस बराबरीसँगै दोस्रो स्थानमा रहेको थ्रीस्टारले १२ खेलबाट २२ अङ्क बनाएको छ। मछिन्द्रको समान खेलबाट १७ अङ्क छ।

    यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा सातदोवाटो युथ क्लबले संकटा क्बलमाथि ४–० गोलको सानदार जित निकालेको छ। सातदोबाटोको फराकिलो जितमा विलियम एसिडेउ र दीपक सिंह ठकुरीले दुई दुई गोल गरे।

    विलियमले १०औं र १९औं तथा दीपकले ६८औं र ८३औं मिनेटमा गोल गरे। खेलभर सातदोवाटोको दबाब झेलेको संकटाले गोल गर्न लायक अवसर बनाउन सकेन।

    जितसँगै सातदोवाटो तेस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोले १२ खेलबाट २१ अङ्क बनाएको छ। पाँचौं हार खेपेको संकटा १५ अङ्कसहित नवौं स्थानमा छ।