काठमाडौं– समर्थकको गाली खाएकी किशोरीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का नवनिर्वाचित सांसद रवि लामिछाने माफी मागेका छन्।
ती किशोरीले उपनिर्वाचनमा लामिछाने टुरिष्ट उम्मेदवार भएकाले कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई मतदान गर्छु भन्दै एक अन्तर्र्वार्ता दिएकी थिइन्।
लामिछानेको विरुद्धमा बोलेको भन्दै समर्थकहरु ती किशोरीमाथि खनिएका थिए। चितवन २ बाट सानदार जीत निकालेपछि बुधबार किशोरीको घरमै पुगेर लामिछानेले माफी मागेका छन्।
उनले लोकतन्त्रमा बोल्न पाइने भन्दै आफूलाई लागेको कुरा निर्धक्क भन्न आग्रह गरेका थिए।
आफूले गाली नगरेको भन्दै रविले भनेका छन्, ‘सरी नानु। म यसरी बसेर सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे। जसले गाली गरे पनि मैले भनेर गरेको होइन। जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु।