उपनिर्वाचन : प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो - Chaitanya News
  • 2026-06-22
  • 02:10:20
  • आइतबार,आषाढ ०७, २०८३
  • उपनिर्वाचन : प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो

    उपनिर्वाचन : प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो

    काठमाडौँ – संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ ।हालै सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।

    यसअघि विजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो ।

    यससँगै रास्वपाले संसदमा एक सिट बढाएर २१ पुर्‍याएको छ भने कांग्रेस ८९ बाट एक घटेर ८८ मा सीमित भएको छ । यद्यपि कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल हो।