सचिव व्यवस्थापनमा त्रृटि नै त्रृटि - Chaitanya News
  • 2026-06-22
  • 02:09:09
  • आइतबार,आषाढ ०७, २०८३
  • सचिव व्यवस्थापनमा त्रृटि नै त्रृटि

    सचिव व्यवस्थापनमा त्रृटि नै त्रृटि

    काठमाडौं – मन्त्रीले सचिव रोज्ने प्रवृत्ति फेरि पुनरावृत्ति हुने देखिएको छ । केही मन्त्रीहरू मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लबिङ गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ ।

    निजामती प्रशासनमा सचिव व्यवस्थापन हचुवामा हुँदा त्यसले सिंगो प्रशासन संयन्त्रलाई कमजोर बनाएको र सरकारको कार्यसम्पादनमा समेत ह्रास आएको विज्ञको भनाइ छ ।

    सचिवहरूको व्यवस्थापन गर्ने दायित्व मुख्य सचिवको हो । सामान्यतया मुख्य सचिवले प्रधानमन्त्रीसँग समन्वय गरी सचिवहरूको व्यवस्थापन गर्नुपर्छ तर मन्त्रीहरूले सीधै प्रधानमन्त्रीसँग लाइन मिलाएर सचिव ल्याउने गर्दा मुख्य सचिव कमजोर बन्ने गरेका छन् ।

    अहिले पनि केही मन्त्रीहरू प्रधानमन्त्रीसँग लाइन मिलाएर आफू अनुकूलका सचिव ल्याउने गृहकार्यमा जुटेका छन् ।