बारा–२ अपडेट : शिवचन्द्रले घटाए उपेन्द्रसँगको मतान्तर - Chaitanya News
  • 2026-06-22
  • 02:09:07
  • आइतबार,आषाढ ०७, २०८३
  • बारा–२ अपडेट : शिवचन्द्रले घटाए उपेन्द्रसँगको मतान्तर

    बारा–२ अपडेट : शिवचन्द्रले घटाए उपेन्द्रसँगको मतान्तर

    बारा– बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन्।

    मंगलबार साँझ प्राप्त मत परिणाम अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ३ हजार ३५० छ। मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो।

    एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले भने ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २२६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन्।