काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्विकारिसकेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै उनले समाजले भ्रष्टाचार स्विकार्नु सबैभन्दा ठूलो विषय भएको बताए।
उनले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने? भन्ने बारेमा सोच्न जरुरी रहेको बताए। उनले नेपालमा नीतिगत, राजनीतिक व्याप्त भएको बताए। उनले राज्यले भ्रष्टाचार गर्दा जनता गरिब भएको बताए।
प्रमुख सचेतक परियारले मानिसले कसरी कमायो भन्नेकुरा समाजले नहेर्ने गरेको बताए।