नेत्रहीन महिला टी–२० क्रिकेटमा भारतमाथि नेपालको विशाल जित - Chaitanya News
  • 2026-06-06
  • 07:14:57
  • शनिबार,जेठ २३, २०८३
  • नेत्रहीन महिला टी–२० क्रिकेटमा भारतमाथि नेपालको विशाल जित

    नेत्रहीन महिला टी–२० क्रिकेटमा भारतमाथि नेपालको विशाल जित

    काठमाडौं– विनिता पुनको शतकमा नेत्रहीन महिला टी–२० क्रिकेट प्रतियोगितामा नेपालले भारतमाथि जित हासिल गरेको छ। पोखराको क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाली नेत्रहीन महिला क्रिकेट टिमले विजय हासिल गरेको हो।

    टस हारेर फिल्डिङ गरेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो। भारतका ५ खेलाडी रन आउट भएका थिए भने १ विकेट विनित पुन र १ विकेट निशा चौधरीले लिएका थिए।

    जवाफी ब्याटिङमा उत्रिएको नेपालले २ विकेट गुमाउँदै ८ विकेटको विशाल जित हासिल गरेको छ। नेपालका लागि प्लेयर अफ द सिरिज विनिता पुनले विष्फोटक ब्याटिङ गर्दै ५७ बलमा नटआउट १११ रन बनाएकी थिइन्। उनी नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिलो शतक बनाउने खेलाडी बनेकी छन्। त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरेले नटआउट हुँदै २१ रन प्रहार गरेकी छिन्।

    भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वधिक नटआउट ७२ रन, सिमु दासले २६, दीपिका टिसीले १६ वर्षा युले १०, सुस्मा पटेलले ९ रन बनाएका छन्।