पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ३९० पुग्यो - Chaitanya News
  • 2026-05-02
  • 21:27:46
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ३९० पुग्यो

    पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ३९० पुग्यो

    काठमाडौं– पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५९१ जनामा कोरोना परीक्षण गर्दा थप १३६ जनामा कोरोना देखिएको हो।

    १५९१ परीक्षणमध्ये १०१९ जनाको पीसीआर परीक्षण र ५७२ जनामा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मंगलबार ६४ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन्।

    यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ३९० पुगेको पनि मन्त्रालयले जनाएको। साथै, यस दिन कुनै कोरोना बिरामीको निधन भएको छैन।