कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक - Chaitanya News
  • 2026-05-02
  • 04:59:11
  • शुक्रबार,बैशाख १८, २०८३
  • कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२–७३–७४–७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो।

    परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछन्। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ।

    त्यसपछिको रजिष्ट्रेशन नम्बर भएका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्नेछ। बोर्डले पुराना विद्यार्थीको हकमा मात्र परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो।

    कक्षा ११ को नियमित तर्फ जसको रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ८० हुनेछ उनीहरूको परीक्षा विद्यालयमै गरिनेछ। त्यस्तै रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७७–७८ र ७९ भएका विद्यार्थी जो परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीको हकमा समेत विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्ने बोर्डले जनाएको छ।

    परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ।

    ति परीक्षाहरू जेठ १५ गतेदेखि असार १५ गतेभित्र गर्नुपर्नेछ। विद्यालयहरूले आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन गरी मूल्याङ्कन, नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्नुपर्नेछ।