बारा–२ अपडेट : ३० हजार मत गन्न हुँदा उपेन्द्रलाई ५ हजारको अग्रता - Chaitanya News
  • 2026-06-22
  • 02:10:11
  • आइतबार,आषाढ ०७, २०८३
  • बारा–२ अपडेट : ३० हजार मत गन्न हुँदा उपेन्द्रलाई ५ हजारको अग्रता

    बारा–२ अपडेट : ३० हजार मत गन्न हुँदा उपेन्द्रलाई ५ हजारको अग्रता

    बारा– बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राखेका छन्। खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ।

    जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ४ हजार ९२४ रहेको छ।

    त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन्।