हरेक १० वर्षमा लाइसेन्स नवीकरण गर्ने व्यवस्था लागु गछौँ : यातायातमन्त्री ज्वाला - Chaitanya News
  • 2026-07-04
  • 17:41:39
  • शनिबार,आषाढ २०, २०८३
  • हरेक १० वर्षमा लाइसेन्स नवीकरण गर्ने व्यवस्था लागु गछौँ : यातायातमन्त्री ज्वाला

    हरेक १० वर्षमा लाइसेन्स नवीकरण गर्ने व्यवस्था लागु गछौँ : यातायातमन्त्री ज्वाला

    काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच–पाँच वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागु गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

    मंगलबार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स पाँचरपाँच वर्षमा गर्नुपर्ने नवीकरणअब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागु गर्ने तयारीमा रहेको बताएका हुन्।

    उनले सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम प्रमुख प्राथमिकतामा रहेको बताए।

    ूयातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो छ। लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको छ, उनले भने, सवारी चालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा पास गरी लामो समयसम्म स्मार्ट लाइसेन्स कुरेर बसेकाहरूको समस्या सात महिनाभित्र अन्त्य गर्ने योजना छ।

    उनले सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासो आएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपालीरअंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए।