काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको राष्ट्रपति कार्यालयले जनाएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ। एन्टिबायोटिक उपयोगका कारण पौडेलमा शारीरिकरूपमा केही शिथिलता देखिएको छ। तर,पनि सामान्य हिँडडुल गर्ने अवस्थामा भएको राष्ट्रपति कार्यालयका प्रवक्ता समिर आचार्यले जानकारी दिए।
स्वास्थ्यमा समस्या आएपछि गत बैशाख ६ गते पौडेललाई उपचारका लागि दिल्ली लगिएको थियो।